नेपाल पुनर्बीमाको प्रस्तावित लाभांश स्वीकृत

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएसँगै वार्षिक साधारण सभा आह्वान गर्ने बाटो खुलेको छ ।

नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट मंसिर २० गते कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएको हो। नियामक निकाय बीमा समितिमार्फत भने कम्पनीले असोज ४ गतेनै स्वीकृति प्राप्त गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६.५० प्रतिशत र नगद लाभांश २.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम लाभांश प्रस्ताव परिमार्जन गरेको थियो । यस अघि कम्पनीको असार ७ गतेको सञ्चालक समितिको बैठकले १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो।

परिमार्जन पछि कम्पनीको लाभांशमा नगद लाभांश मात्र १ प्रतिशत कम भएको छ ।हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।