खरीद बिल नदेखाउने बालाजी डिपार्टमेन्टल स्टोर लगायत ७ व्यावसायिक फर्मलाई कारबाही

0
Shares

खरीद गरेको बिल नदेखाउने पर्साको वीरगञ्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको छ ।

उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि पाँच हजारदेखि हजारसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्गले जानकारी दिए ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार यसरी कारबाहीमा परेका वीरगञ्जका व्यासायिक फर्ममा बालाजी डिपार्टमेन्टल स्टोर, न्यू गेजेटस् जोन, रुचि सपिङ सेन्टर, कादमिया स्टोर, नेपाल म्युजिक सेन्टर, न्यू मेलोडी र राइट च्वाइस स्टोरलाई जरिवानासहित सचेत गराइएको बताइएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कादमिया स्टोरलाई रु पाँच हजार र अन्य सम्पूर्ण व्यावसायिक फर्मलाई जनही रु १० जरिवाना गरिएको हो ।

सो कार्यालयसहित जिल्ला प्रशासन कार्यालय पर्सा, प्रहरी र उपभोक्ता हितसम्बन्धी संस्थाका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको अवस्थामा ती फर्महरुले खरिद बिल नदेखाएको कारबाही गरिएको सूचना अधिकारी खङ्गले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १२ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।