साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड र सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनका लागि पूँजीबजारकाे नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेका छन् ।
साञ्जेन जलविद्युतले ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता र सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड बराबरको १० लाख कित्ता सेयर निष्काशनका लागि अनुमति मागेका हुन् । दुबै कम्पनीले मंसिर २० गते सेयर निष्कासनका लागि निवेदन दिएका हुन् ।
साञ्जेन जलविद्युतको धितोपत्र बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सुपरमाई हाइड्रोपारको सानिमा क्यापिटल लिमिटेड रहेको छ ।











प्रतिक्रिया