पुुसभित्रमा देशभरीका नापी भइसकेका गाउँब्लकका नागरिकलाई जग्गा वितरणः मन्त्री श्रेष्ठ

0
Shares

भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँव्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताएकी छिन् ।

बुधबार सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको गाउव्लकमा रहेका भू्मिहिनहरुलाई बुधबार जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नापी भइसकेका गाउव्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान सुरु गरिएको बताएकी हुन् ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउँव्लकमा रहेका ७०० घर परिवारलाई बुधबार र बिहीबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न लागिएको हो ।

उनले यस अभियानमा भूूमि भएरपनि भूूमी बिहिन बनीरहेकाहरु कोही पनि छुुट्ननहुनेमा जोड दिँदै नापी हुन बाँकी गाउँव्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले भूूमिहिन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरुको बास्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम सुरु गरिसकेको पनि बताइन् ।

तल्ला तहका नागरिक र वाास्तविक पीडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको पनि पनि उनले बताइन् ।

संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न भूमिसँग जोडिएका समस्या समाधान गरेर समृद्ध मुलुक स्थापना गर्ने लक्ष्यमा आफुु प्रतिबद्ध भएर लागेको समेत बताइन् ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोसीले अहिलेसम्म गाउँव्लकको नापी भएका जग्गाको पुुर्जा वितरण प्राथमिकतामा नपरेको भन्दै अहिले परिणम निक्लने गरी काम गर्न निर्देशन आएकाले त्यसै अनुसार विभागले काम शुुरु गरिसकेको बताए ।

यस अघि महोत्तरीको रामगोपालपुुरमा रहेका गाउँव्लकमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।