सरकारी ढुकुटीमा ठूलो मात्रामा रकम थुप्रिदा पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले तरलता संकट तथा लगानी योग्य रकमको अभाव झेलिरहेका छन । सरकारले पूँजीगत खर्च गर्न नसक्दा यस्तो अवस्था आएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले २ खर्ब ८२ अर्ब १५ करोड रुपैयाँ सरकारी खातामा रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत गरेर मंसिर १० गतेसम्ममा सरकारी ढुकुटीमा सो रकम थुप्रिएको हो । अधिकारीका अनुसार गत असार मसान्तसम्ममा यस्तो मौज्दात १ खर्ब ९४ अर्ब ७० करोड रहेको थियो ।
.jpg)
चालु आर्थिक वर्षमा बैंक तथा विजत्तीय संस्थाहरुको निक्षेप संकलनको तुलनामा कर्जा विस्तार उच्च भएका कारण बैंकिङ्ग प्रणालीमा तरलताको चाप परेको गभर्नर अधिकारीको भनाई छ ।
तरलता व्यवस्थापनका लागि चालु आर्थिक वर्ष सूरु भएयता राष्ट्र बैंकले विभिन्न उपकरणहरु मार्फत २३ खर्ब ८६ अर्ब तरलता प्रवाह गरेर ६० अर्ब तरलता प्रशोचन गरेको छ ।
सरकारले चालु आर्थि वर्षको बजेटमा २ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा हालसम्म यस्तो ऋण परिचालन नभएको राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकका अनुसार मंसिर १५ गतेसम्ममा १९ अर्ब ९९ करोड बराबरको बाह्य ऋण परिचालन भएको छ ।
राष्ट्र बैंकका अनुसार मंसिर २१ गतेसम्मा बैकिङ्ग प्रणालीमा १६ अर्ब ३२ करोड अधिक तरलता रहेको छ । सो दिनसम्म भारित औसत अन्तर बैंक कारोबार दर ४.९६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले चालु आवको मंसिर १५ गतेसम्म ३ खर्ब ३३ अर्ब ५२ करोड बजेट खर्च गरेको अवस्था छ । चालु आवका लागि सरकारले १६ खर्ब ३२ अर्ब बजेट विनियोजन गरेको थियो । यसअवधिमा सरकारले २ खर्ब ६९ अर्ब ७७ करोड चालु खर्च गरेको छ । जुन विनियोजित बजेटको २६.९ प्रतिशत हो । सरकारको चालु खर्चको वृद्धिदर ८.३ प्रतिशत रहेको छ । सरकारले यस अवधिमा विनियोजित बजेटको ५.५ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ ।
राष्ट्र बैंकका अनुसार मंसिर १५ गतेसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह ३२.२ प्रतिशतले र निक्षेप संकलन १५.५ प्रतिशतले मात्र बढेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष ७७र०७८ मा कुल १ खर्ब ४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत गरेको थियो । यस्तो कर्जा असार मसान्तमा १२२ अर्ब ७० करोड लगानीमा रहेको थियो । चालु आवको कात्तिक मसान्तसम्ममा ८ अर्ब ९९ करोड पुनकर्जा स्विकृत भएको छ । राष्ट्र बैंकका अनुसार कार्तिक मसान्तसम्ममा १ लाख ३३ हजार ९१२ ऋणीहरुलाई २ खर्ब ४ अर्ब ९२ करोड सहुलियत कर्जा लगानी गरिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया