स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र आइसिएफसि फाइनान्स लिमिटेडको लाभांश बिहीबारदेखि सेयर खरीद गर्नेले पाउँदैनन् ।
दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार समायोजित सेयरमूल्य निर्धारण गरेको छ ।
बिहीबार बुकक्लोज भई मूल्य समायोजन भैसकेकाले लाभांश नपाउने भएका हुन् ।
बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम हुने लगानीकर्ता मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन योग्य हुन्छन् । साधारण सभा र लाभांश वितरण प्रयोजनका लािग दुबै संस्थाले मंसिर २३ गते, बिहीबार आज बुकक्लोज गरेका हुन् ।
नेप्सेले स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस शेयरको समायोजनपछि प्रतिसेयर १ हजार ९१९ दशमलव ८८ रुपैयाँ र आइसिएफसि फाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि प्रतिसेयरमूल्य ६३९ दशमलव ८२ रुपैयाँ मूल्य तोकेको छ ।
अघिल्लो कारोबारको दिन अर्थात् बुधबार लघुवित्तको सेयरमूल्य २ हजार ५४० र फाइनान्सको ७३० दशमलव ८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो बुधबारको अन्तिम मूल्यका आधारमा बोनस समायोजन भएको हो ।
स्वाभिमान लघुवित्तले कुल ३४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । यस्तै आइसिएफसि फाइनान्सले गत वर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पुस ५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया