अर्थ मन्त्रालयका अधिकृत थपलियाद्धारा साढे एक करोड भष्ट्रचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका अवकास प्राप्त शाखा अधिकृत विरुद्ध साढे एक करोड भष्ट्राचारमा आरोपपत्र दायर गरेको छ ।

आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकास प्राप्त) उद्वब प्रसाद थपलिया विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

थपलियाले आफ्नो ३५ वर्षे सेवा अवधिका क्रममा डेढ करोड बढीको अनौपचारिक सम्पत्ति आर्जन गरेको अख्तियारको भनाई छ ।

२०४० सालमा सरकारी सेवामा प्रवेश गरेका थपलिया २०७५ साल चैत्र ३० गते अवकास भएका थिए । थपलियाले उक्त अवधिमा ३ करोड ८८ लाख सम्पत्ति आर्जन गरेका थिए । जसमा एक करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ भ्रष्टाचार गरी आर्जन गरिएको आयोगले जनाएको छ ।

उनी विरुद्ध आज विशेष अदालतमा एक करोड ६३ लाख ८९ हजार सातसय रुपैयाँ माग दावि गर्दै मुद्धा दायर गरिएको छ । साथै उनकी पत्नी मुना पन्तका नाममा विभिन्न ठाउँमा घरजग्गा तथा बैंक मौजदात पाइएकाले उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।