राष्ट्र बैंकले ८३ जना नयाँ कर्मचारी भर्ना गर्ने, प्लस टु उत्तिणलाई पनि अवसर

0
Shares

नेपाल राष्ट्र बैंकले सहायक तहदेखि अधिकृतस्तर सम्मका ८३ जना कर्मचारीका लागि जागिर खुलाएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले प्रशासन र प्राविधिक सेवाका विभिन्न पदमा खुला र समावेशी समूहमा जागिर खुलाएको हो ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो।

बैंकले सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना माग गरेको जनाएको छ ।

निर्देशक तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ । यसैगरी अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र अनलाइ खावेदन दिन सक्नेछन् । आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ मंसिर २०७८, शुक्रबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।