एनएमबि लघुवित्त वित्तीय संस्थाले ९ औँ साधारण सभाको मिति तय गरेको छ । लघुवित्तको मंसिर २३ गते बसेको १२० औँ संचालक समितिको बैठकको निर्णयले पुस २६ गते सोमबारका लागि सभा आह्वान गरेको हो ।

सभा होटल पोखरा ग्रान्ड, पार्दी बजार पोखरामा बिहान ११ बजेबाट संचालन गरिने लघुवित्तले जनाएको छ । सभामा संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १.१३ प्रतिशत नगद लाभांस र २१.५० प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरिने छ ।
साथै यस साधारण सभामा लघुवित्तले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “घ” वर्गका अन्य लघुवित्त संस्थासंग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अघि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, गाभ्ने गाभिने वा प्राप्ती सम्बनधमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण का मगर्न अख्तियारी समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस ९ गते बुक क्लोज मिती तोकेको छ । तसर्थ पुस ८ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा उपस्थित जनाउनका साथै लाभांशको भागीदार बन्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया