नागरिक स्टक डिलरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने

0
Shares

नागरिक स्टक डिलर कम्पनीले सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले पुस २३ गते आह्वान गरेको दोस्रो वार्षिक साधारण सभामा जारी पूँजी ५ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ सेयर ९सर्वसाधारण समुहभित्र नै वर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत शेयर सहित० निष्काशन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले नागरिक लगानी कोषको भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजे साधारण सभा डाकेको छ । सभाले नियमनकारी निकायको स्वीकृती पश्चात आईपीओ निष्काशन गर्ने सम्पूर्ण कार्यको लागि सञ्चालक समिति वा सञ्चालक समितिलाई वा सञ्चालक समितिले वा तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने अख्तियारी समेत दिनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।

यस्तै सञ्चालकहरुको पारिश्रमिक, भत्ता एवं सुविधा अनुमोदन तथा निर्धारण गर्ने र कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट सञ्चालकहरुको मनोनयन तथा निर्वाचन समेत गर्नेछ ।

यसैगरी आव २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको असार २०७८ मा समाप्त भएको वार्षिक वित्तीय विवरण ९वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु० उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८।७९ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भई यस कम्पनीको लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।