मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड नाघ्यो

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) को मंसिर २५ गते सम्पन्न पन्धौं वार्षिक साधारण सभा ले गत आर्थिक वर्षको प्रस्तावित लाभांश लगायतका एजेण्डा पारित गरेको छ ।

होटल जलमहर घारिपाटन पोखरामा सम्पन्न साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस पारित गरेपछि बैंकको पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६ रुपैयाँ पुगेको छ।

त्यस्तै साधारण सभाले अन्य उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७७।७८ को वित्तीय प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण पारित गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन समेत गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मुक्तिनाथ विकास बैंकले मंसिर १५ देखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबारदिन अर्थात मंसिर १४ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।