भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्वीटर ह्यान्डल ह्याक गरी क्रिप्टो करेन्सीको प्रचार गरिएको छ ।
ह्याकरले “भारतले बिटक्वाइनलाई वैद्यानिक रूपमा स्वीकार गरेको छ । सरकारले आधिकारिक रूपमा ५०० बिटकोइन किनेको छ र तिनीहरूलाई देशका सबै बासिन्दाहरूलाई वितरण गर्दैछ। ” भनी ट्वीट गरेको थियो।

ह्याकरले मोदीको ट्वीटरबाट अनेकन ट्वीट गरेको थियो। जस अन्तर्गत सबै भन्दा महत्वपूर्ण ट्वीट क्रिप्टो करेन्सी सम्बन्धी थियो।
उक्त ट्वीटलाई अकान्ट रिकर्भर भएपछि हटाइएको छ तथापि मानिसहरुले उक्त ट्वीटको स्क्रीनसट गरी ट्वीट गरिरहेका छन्।

नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री मोदीले क्रिप्टो करेन्सी माथि रोक लगाउने किसिमको ऐन बनाउने निर्णय गरेका थिए । यसको विरोधमा उनको ट्वीटर ह्यान्डल ह्याक गरी बिटक्वाइनको प्रचार गरिएको अनुमान गरिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया