सेयर बजार जोगाउने सरकारको नीति नै घातक, नेप्सेमा अस्वभाविक गिरावट

0
Shares

पछिल्ला केहि साता यता शेयर बजार निरन्तर ओरालो लागेको छ । ३२ सय नाघिसकेको नेप्से करिब चार महिनाको अवधिमा घटेर २३ सय बिन्दुको लाइनमा झरेको छ ।

यो साताको पहिलो दिन आइतबार मात्रै नेप्से ८८ अंकले ओरालो लागेको छ। शेयर बजारमा लगानीगर्ने अधिकाश लगानिकर्ताहरुले गुमाएका छन । नेपाल राष्ट बैंकले २०७८/७९ को मौद्रिक निति सार्बजनिक भए देखि नै शेयर बजार ओरालो लाग्न सुरु भएको थियो । बीचमा केही सुधारीन खोजेपनि बजार घट्ने क्रमले निरन्तरता पाइरह्यो ।

मौद्रिक नितिमा शेयर कर्जाको सिमा ४/१२ करोडमा सिमित गरिएपछि बजार ओरालो लाग्न थालेको हो । यो नीतिले सिमित लगानीकर्तालाई मात्र असर पर्ने बताइपनि समग्र लगानीकर्ताहरु प्यानिक बन्दा बजारको गिरावट थामिन पाएन ।

सेयर बजार ‘क्र्यास’ नहोस् भनेर नै संयमता अपनाईएको हो: अर्थ सचिव

अर्थमन्त्रालय र राष्ट्र बैंकले बजार अध्ययन गरेर नै यो नीति ल्याएको बताउँदै आएका छन । तर शेयर लगानीकर्ताहरुले बजार गिरावटको प्रमुख कारण यसैलाई मानेर आन्दोलन र विरोधका गतिविधिहरु समेत बढाँउदा बजारको गिरावटलाई थप मलजल गरेको देखिन्छ । बजारका जानकार, विश्लेषक तथा अगुवा लगानीकर्ताहरुले आफु अनुकुलका अभिव्यक्तीहरु सार्वजनिक गर्ने क्रमले कतिपय लगानिकर्ताहरुमा अन्योलता छाएको पनि देखिन्छ भने यस्ता अभिव्यक्तिहरुले उनीहरको मनोबिज्ञानको समेत प्रभाव पर्दा बजारप्रति नकारात्मक बन्दै गएको देखिन्छ ।

लामो समयसम्म धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्से प्रमुख विहिन रहेकाले बजार विकासका कामहरुमा अवरुद्ध भएकाले पनि अहिले बजार झर्ने क्रमले निरन्तरता पाएको हो । अर्कातर्फ बैंकहरुले मार्जिन कल गर्ने र ब्रोकरहरुले लिमिट नदिने कारणले पनि बजार घटाउमा योगदान पुर्याएको हो । बजार बढेको बेला उधारको कारोबार गरेकाहरुले पैसा बेलमै नर्तिदा ब्रोकरहरुले कारोबार लिमिट घटाएका छन । उधारोमा कारोबार गर्ने लगानीकर्ताहरुले ऋण चुक्ता गर्नकै लागि पनि घाटामा शेयर बिक्री गर्नुपर्ने अवस्थाले बजार घटाउन थप सहयोग पुर्याएको हो।

अहिलेको बिभिन्न कम्पनिहरुले लाभाश घोषणा गरिरहेको समयमा शेयरबजार बढ्न पर्नेमा झन घटिरहेका छ । लगानिकर्ताहरुको आत्मबल कमजोर हुँदा शेयरबजारमा नयाँ लगानिकर्ताहरु प्रबेश गर्न सकिरहेका छैनन।

आइतबार नेप्से ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा झरेको छ । यसदिन २२८ कम्पनीको ४९ हजार ७१० पटकको कारोबारमा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।