नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका एकजनालाई पक्राउ गरी कारागार चलान गरेको छ ।

प्रहरीले मोरङको सुनसरी धरान उपमहानगरपालिका–७ की ५० वर्षीया सुनिला याखालाई शनिबार पक्राउ गरि कारागार पठाएको हो ।
उच्च अदालत बिराटनगरको २०७८ बैशाख १६ गतेको फैसलाले याखालाई बैंकिङ कसूर मुद्दामा १ वर्ष ६ महिना कैद र नगद ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना ठहर गरेको थियो ।
सो फैसला पछि फरार रहेकी उनलाई आफ्नै गायँमा लुकिछिपी बसेको अवस्ूथामा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा दाखिला गरेर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया