भारतका केन्द्रिय सरकारका उद्योग तथा वाणिज्य मन्त्री पियुष गोयलले बैंकका निक्षेपकर्ताको हितका लागि निक्षेप बीमा रकम एक लाखबाट ५ लाख पुर्याइएको जानकारी दिएका छन् ।
मन्त्री गोयलका अनुसार बैंक वित्तीय संस्थाका साना निक्षेपकर्ताको निक्षेपको सुरक्षण गर्नका लािग यस्तो व्यवस्था गरिएको हो । कुनै पनि बैंक वित्तीय संस्थाले निक्षेपकर्ताको भुक्तानी दिन नसक्ने अवस्था आएको खण्डमा निक्षेप बीमा तथा क्रेडिट ग्यारेन्टी निगमले ९० दिनभित्र निक्षेप फिर्ता दिने उनले बताए ।
यसभन्दा अघि एक लाख रुपैयाँसम्मको मात्र निक्षेप बीमा हुन्थ्यो । बैंक वित्तीय संस्थामा समस्या आई सो बीमा गरिएको निक्षेप लिन पनि निक्षेपकर्ताले १० वर्षसम्म कुर्नू पर्ने अवस्था थियो । नयाँ व्यवस्था अनुसार निक्षेप बीमा रकम १ लाखबाट बढाएर ५ लाख र १० वर्षको अवधि घटाएर ९० दिन पु¥याइएको हो ।
केन्द्रिय उद्योग तथा वाणिज्य मन्त्री पियुष गोयलले भने, ‘अब कुनै व्यक्तिले बैंकमा रहेको आफ्नो निक्षेपमा कुनै समस्या वा अप्ठ्यारो परे र बैंकले निक्षेप फिर्ता गर्न नसकेमा निक्षेपकर्ताले ५ लाख रुपैयाँ फिर्ता पाउने छन् ।” बैंक बन्द भएको ९० दिन भित्र निक्षेपकर्ताको निक्षेप फिर्ता गरिने उनले बताए । यसरी छोटो समयमा निक्षेप पाउने हुँदा विगतको व्यवस्थामा जस्ता निक्षेपकर्ताहरुले ब्याज नोक्सानी बेर्होनु नपर्ने भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया