
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुैपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार १९० रुपैयाँ कायम गरिएको छ ।
सुन चाँदीको कारोबार आइतबार पनि सोही मूल्यमा भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६.७१ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.२७ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया