गुडविल फाइनान्सको १३ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

0
Shares

गुडविल फाइनान्स कम्पनी लिमिटेड (GFCL) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ११ करोड २७ लाख ३६ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २६ गते, आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको प्रतिशत ९.१ बोनस सेयर र कर प्रयोजन सहित ३.९० प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्ताव गरिएको कम्पनी सचिव स्वयम्भु शाक्यले जानकारी दिए ।

प्रस्तावित लाभांश अनुुसार कम्पनीले ७ करोड ८९ लाख १५ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने करप्रयोजन सहित ३ करोड ३८ लाख २० हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ ।

फाइनान्स सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ७ करोड ८९ लाख १५ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार २०० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आवबाट फाइनान्सले ८.४० प्रतिशत बोनस सेयर र २.६० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तो छ फाइनान्सको लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 9.10 3.90 13.00
2 2076/2077 8.40 3.60 12.00
3 2075/2076 0.00 10.00 10.00
4 2074/2075 0.00 5.26 5.26
5 2073/2074 10.19 0.54 10.73
6 2072/2073 25.00 1.32 26.32
7 2071/2072 10.00   10.00
8 2070/2071 6.28 7.72 14.00
9 2069/2070 0.00 7.37 7.37
10 2068/2069 3.50 5.50 9.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।