नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । 
शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याएका छन।
अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, “अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।” उनले अहिलेको नेपाली पूँजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताए। स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे ।
उनले कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया