न्यादी हाइड्रोपावरको १४ औं सभा पुस २८ गते, सेयरधनीलाई छैन लाभांश

0
Shares

न्यादी हाइड्रोपावर लिमिटेडले बिना लाभांश आगामी पुस २८ गते बुधबार १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गते बुधबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा सभा आह्वान गरेको छ ।

सभामा आर्थिक वर्ष २०७७।७८ बाट सेयरधनीलाई वितरण गर्नेगरी कुनैपनि लाभांश प्रस्ताव गरिएको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, नियमावलीको नियम संशोधन गर्ने र सञ्चालकको बैठक भत्ता पुनरावलोकन गर्ने लगायत प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभाका लागि पुस १८ गते आइतबारदेखि २८ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

न्यादी हाइड्रोपावर लिमिटेडले गत असोज १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई २० लाख ९२ हजार ५०० कित्ता सेयर जारी गरेर कार्तिक ५ गते बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।