नेपाल प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रण्मा लिएको छ ।
पक्राउ र्नेहरुमा वीरगंज महानगरपालिका–१० का २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई प्रहरीले वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट आइतबार नियन्त्रणमा लिएको हो ।
घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया