
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ३२ लाख रकम बराबरको प्रथामिक सेयर निष्काशन हुने भएको छ ।
लघुवित्तले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने कार्यका लागि मंसिर २७ गते सोमबार प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र सञ्चालक रणदेव कृष्ण श्रेष्ठको उपस्थिति थियो ।
कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड रुपैयाँ रहेको छ । हाल संस्थापकहरुबाट २ करोड ६८ लाख रुपैयाँ पूँजी चुक्ता भैसकेको छ भने १ करोड ३२ लाख रकम बराबरको सेयर सर्वसाधारणका जारीपछि चुक्ता पूँजी ४ करोड पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया