शेयर बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? कसरी लाग्छ ?

0
Shares

विश्वको जुनसुकै देशमा पनि शेयर बजार आउने तीव्र उतार चढावबाट लगानीकर्तालाई धेरै असर नपुगोस् भन्नका लागि निश्चित प्रतिशतको घटबढमा कारोबार स्थगन गर्ने प्रणाली कानुनी रुपमा नै व्यवस्था गरिएको हुन्छ । जसलाई हामी छोटो शब्दमा सर्किट ब्रेक भनेर भन्ने गर्दछौं । यो सकारात्मक र नकारात्मक दुबै किसिमको हुने गर्दछ ।

पूँजीबजारको फन्ट लाईन रेगुलेटर नेप्सेले पनि यो प्रणाली लागू गरेको छ । नेप्सेले कुनै पनि कारोबार दिनमा कारोबार शुरु भएको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेको बीचमा) नेप्से इण्डेक्स ४ प्रतिशतले बढ्यो वा घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ।

यसैगरि बजार खुलेको दोश्रो घण्टाभित्र (१२ देखि १ बजेको बीचमा) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । यस्तै दोस्रो सर्किटपछि पनि वृद्दि अथवा गिरावटको क्रम निरन्तर रह्यो र बजार थप १ प्रतिशतले घटी वा बढी ६ प्रतिशत पुग्यो भने सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

यसरी ६ प्रतिशतसम्म नेप्से सूचक घटे वा बढेमा कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।