
मंगलबार नेप्सेमा कारोबारमा आएका २२० मध्ये ७० कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेर कारोबार बन्द भएको छ । पूरा समय सेयर कारोबार नभई बीचमा नै दुई पटक सकारात्मक सर्किट लागेपछि मंगलबार दिनभरका लागि कारोबार बन्द भएको छ । यसदिन सामुहिक लगानी कोषका २ वटा इकाई बाहेक सबै कम्पनीको मूल्य बढेको छ ।
नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि काराेबार बन्द
कारोबार समय अगावै नेप्से ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि आज दिनभरका लागि सेयर कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । यसअघि १२ बजेर ३८ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगन गरिएको थियो । पहिलो सकारात्मक सर्किट लागेर ४० मिनेटपछि खुला भएको बजार ९ मिनमा नै थप १ प्रतिशत बढेपछि दिनभरका लागि कारोबार बन्द भएको हो । दैनिक ४ घण्टा कारोबार समय रहेपनि मंगलबार एक घण्टा ४७ मिनेट मात्रै सेयर कारोबार भएको हो ।
शेयर बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? कसरी लाग्छ ?
मंगलबार बजार १ बजेर २६ मिनेट जाँदा नेप्से ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको हो । प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७.१८ अंकले बाउन्स ब्याक भएको छ ।
प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिले २ दिनमा लगानीकर्ताले गुमाए २३६ अर्ब सम्पत्ति
यसदिन नेप्सेमा २२० कम्पनीका ४० लाख ८५ हजार ९६५६ कित्ता सेयर १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १४४ रुपैयाँमा खरीद बिक्री भएका छन् । कारोबारमा आएका सबै उपसमुहगत सूचक बढेका छन् । विकास बैंका सूचक सर्वाधिक ९.२० प्रतिशतले बढ्दा फाइनान्स, ब्यापार र लगानी ८ प्रतिशतले बढेको छ । अन्य र जलविद्युत ७ प्रतिशत धेरै र निर्जीवन बीमा, होटल तथा टुरिजम् र लघुवित्त सूचक ६ प्रतिशतले बढेको छ ।

नबिल बैंकको सर्वाधिक ९ करोड ८ लाख ३ हजार रुपैयाँको सेयर कारोबारमा आएको छ । नेशनल हाइड्रोपावरको ७.०९ करोड, आईसिएफसि फाइनान्सको ५.०६ करोड, अपि पावरको ४.६१ करोड र अरुण काबेली पावरको ५.५९ करोडको सेयर खरीद बिक्री भएको छ ।
बरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक, मनकामना स्मार्ट लघुवित्त, मल्टिपर्पस फाइनान्स, युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आईसिएफसि फाइनान्स, जनउत्थान लघुवित्त र नेपाल फाइनान्स सहित ४३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । थप २७ कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसदिन नबिल इक्वीटी फण्ड ३ र कुमारी इक्वीटी फण्डको सेयरमूल्य भने घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया