
संघीय संसद अधिवेशन सुरु हुनु अगावै एमसीसी विरोधीहरुले संसद भवन घेराउ गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मसाल), नेकपा(माले), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनतान्त्रिक मोर्चा पार्टीका लगायतका कार्यकताहरु एमसीसीको विरोधमा उत्रिएका हुन् ।
मंसिरको अन्तिम सम्म अमेरिकाले एमसीसी सम्झौता पास गर्नुपर्ने समय दिएको थियो। आज बस्ने संसदको बैठकले एमसीसी अनुमोदन गर्नसक्ने भन्दै एमसीसीको विपक्षमा रहेकाहरु विरोधमा उत्रिएका हुन् ।
आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले बल प्रयोग गरेको छ । यसै क्रममा आन्दोलनकारीहरु र प्रहरीबीच सामान्य झडप समेत परेको छ । झडपमा परेकाहरु सामान्य घाइते समेत भएका छन् ।


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया