कृषि विकास बैंकको ९४ लाख कित्ता ऋणपत्र सूचीकृत

0
Shares

कृषि विकास बैंक (ADBL) को ९४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको मंगलबार दुई वटा कृषि ऋणपत्र सूचीकृत भएको हो ।

स्टकका अनुसार बैंकले आगामी ८ वर्षको लागि बिक्री गरेको वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्कासन गरेको ६० लाख कित्ता कृषि ऋणपत्र र ९ वर्ष अवधिका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्कासन गरेको ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र सूचीकृत गरेको हो ।

मंगलबार सूचीकृत दुबै ऋणपत्र बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

मंसिर २८ गते कृषि विकास बैंक र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बुधबारबाट कारोबार सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।