बुधबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थीर

0
Shares

बुधबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २१० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजनार ८०० रुपैयाँ, तेजावी सनुको मूल्य ९२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य घटेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७८, बुधबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।