ज्योती विकास बैंक (JBBL) ले चौधौ साधारण सभा आह्वान गरेको छ ।
बैंकको मंसिर २९ गते बसेको संचालक समितिको ४०८ औँ बैठकले पुस २३ गते शुक्रबारका लागि सभा आह्वान गरेको हो ।
सभा विहान ११ बजे लिसारा रिसेप्सन, भगवती बहाल नक्सालमा संचालन हुने भएको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै अधिकृत पूँजी ५ अर्बबाट वृद्धि गरी ८ अर्ब पुर्याउने, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने बैकले जनाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ९ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ पुस ८ गतेसम्म नेपसेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउनुका साथै लाभांशको भागीदार बन्ने छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया