समृद्धि फाइनान्सले हकप्रद सेयर जारी गर्न तोक्यो बुकक्लोज

0
Shares

समृद्धि फाइनान्सले चुक्ता पूँजी (SFCL) को ५० प्रतिशत हकप्रद सेयर जारी गर्न सेयर दाखिल खारेजी मिति (बुकक्लोज) तोकेको छ ।

कम्पनी सञ्चालक समितिको पुस १ गते बिहीबार सम्पन्न बैठकले हकप्रद प्रयोजनका लागि पुस ११ गते आइतबार बुकक्लोज गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत टिका निधि लाेहनीले जानकारी दिए ।

यसअनुसार पुस ८ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट मंसिर २९ गते २ः१ अनुपातमा २७ लाख २९ हजार ७०७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको थियो ।
कम्पनीले हकप्रद निष्कासनको मिति भने तोकिसकेको छैन ।

हकप्रद बिक्रीका लागि फाइनान्सले बीओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको ५० प्रतिशत हकप्रद बिक्रीपछि ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७८, शनिबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।