याक एण्ड यती होटल लिमिटेड (YHL) ले पुस २३ गते शुक्रबार ४५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा सभा हुने जानकारी दिएको छ ।
सभाले २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने विशेष प्रस्तावमा छलफल गरी अनुमोदन गर्नेछ ।
पब्लिक कम्पनीको रुपमा सूचीकृत भएपनि यस कम्पनीले कति प्रतिशत बोनस वितरण गर्न लागिएको भने खुलाएको छैन । धितोपत्र सूचीकरण विनियमापली अनुसार पब्लिक कम्पनीले गर्ने निर्णय सार्वजनिक रुपमा दिनुपर्छ । तर यो कम्पनी न त नियमित कारोबारमा छ न त सूचीकृत कम्पनीको रुपमा पालना गर्नुपर्ने नियम कानुनभित्र नै रहेर सूचना नै सार्वजनिक गर्ने गरेको छ ।
धितोपत्रमा सूचीकृत भएपनि याक एण्ड यतिको साढे १ दशक यता सेयर कारोबार भएको छैन भने संस्थागत सुशासन समेत एकदमै कमजोर छ । नेप्सेमा कम्पनीको २२ लाख ९ हजार २०८ कित्ता सेयर सूचीकृत भएपनि कम्पनीको सेयर कारोबार १६ वर्षयता भएको छैन । कम्पनीको सेयर सन् २००५ डिसेम्बर १९ तारिखमा अन्तिम पटक कारोबार भएको थियो ।
यस्तै सभामा आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गन एजेण्डा छ ।
साधारण सभाका लागि कम्पनीले पुस १ गते बिहीबारदेखि साधारण सभा सम्पन्न नभएसम्मका लागि सेयर दर्ता किता बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर २९ गते बुधबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको बोनस पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया