हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) र साना किसान लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।
दुबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ पुस ५ गते सोमबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
एचआईडिसीएलको ८ प्रतिशत तथा साना किसान लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । बोनस समायोजनपछि एचआईडिसीएलको प्रतिसेयर मूल्य २४८.३३ रुपैयाँ र साना किसानको १ हजार १७६ रुपैयाँ निर्धारण गरिएको नेप्सेले जनाएको छ ।
अघिल्लो दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा नेप्सेले दुबै कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडिसीएलको शेयर प्रतिकित्ता २६८.२० रुपैयाँ र साना किसानको १ हजार ४७० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
अब सोमबार समायोजित सेयरमूल्यलाई आधार मानेर दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ ।
लाभांश पारित गर्न एचआईडिसीएलले पुस २२ गते, बिहीबार बिहान ९ बजे आफ्नो केन्द्रीय कार्यालय, हात्तीसारमा दशौँ वार्षिक साधारण सभा र साना किसान लघुवित्तले पुस १८ गते आइतबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, बिहान ११ बजे २० औं वार्षिक साधारण सभा डाकेको छ ।
सम्बन्धीत समाचारको थप जानकारीका लागि तलका लिङ्कहरू पढ्नुहोस्:-
एचआईडिसीएलको पुस २२ गते साधारण सभाः ८ प्रतिशत बोनस प्रस्ताव
साना किसान विकास लघुवित्तको साधारण सभा पुस १८ गते
साना किसान विकास लघुवित्तलाई ३३ करोड लाभांश बाँड्न स्वीकृति










प्रतिक्रिया