विदेशी शिक्षण संस्थाहरुको प्रतिवेदन १५ दिनभित्र बुझाउन शिक्षामन्त्रीको निर्देशन

0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयबाट अनुमति लिई विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालमा रहेका शिक्षण संस्थाको १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको उच्चस्तरीय मुल्यांकन तथा अनुगमन समितिको बैठकबाट ५ सदस्य समिति गठन गर्दै मन्त्री पौडेलले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।

समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ वटा शिक्षण संस्थाहरुको सञ्चालन अनुमति नवीकरणको पाँच वर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।

नवीकरणकरणका लागि सबै शिक्षण संस्थाहरुले निवेदन पेश गरेपनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुन नसकेकोे शर्माको भनाइ छ ।

‘उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ बमोजिम विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाहरुको स्थलगत अनुगमन निरीक्षण गरी ठोस रायसहित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउँछ,’ प्रवक्ता शर्माले भने’ विज्ञहरुको टोलीले निरीक्षण गरी रायको आधारमा नविकरण हुने या नहुने निर्णय हुन्छ ।

बैठकले त्यसको अध्ययन तथा निरीक्षणका लागि ५ सदस्यीय विज्ञहरुको समिति गठन गरेको छ । समितिको नाम भने मन्त्रालयले गोप्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।