मितेरी डेभलपमेन्ट बैंकले १४% लाभांश पारित गर्न बोलायो सभा

0
Shares

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत आवको नाफाबाट प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गर्न पुस २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

साथै सभाले मितेरी बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धमा सम्पुर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस्तै सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिका प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुको समेत निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १४ गते देखि २८ गतेसम्म सेयर दाखि खारेजी (बुकक्लोज) गर्ने जनाएको छ । बुकक्लोज अनुसार पुस १३ गते मंगलबारसम्म नेप्सेमा सेयर कराोबार भई कायम रहने सेयरधनीले मात्रै बैंकको लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  १७ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।