भारत एफआइएच कम्पनीले ५० अर्ब भारु बराबरको आईपीओ जारी गर्ने

0
Shares

ताइवानी विद्युतीय सामग्री निर्माता कम्पनी, फक्सकन समूहको सहायक कम्पनी भारत एफआइएचले भारतीय रुपैयाँ ५० अर्ब बराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले जारी गर्ने भारु.५० अर्ब ०४ करोडको आइपीओमध्ये २५ अर्ब ०२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणहरुका लागि र अफर फर सेल मार्फत भारु २५ अर्ब ०२ करोड बराबरको सेयर विद्यमान संस्थापक र लगानीकर्ताहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

कोटक इन्भेष्टमेन्ट बैंकिङ, सिटीग्रुप ग्लोबल मार्केट्स इन्डिया, बीएनपी परिवास, एचएस्बीसी सेक्युरिटीज र क्यापिटल मार्केट्स इण्डियाबाट सर्वसाधारणलाई आइपीओ जारी गरिने हुनेछ ।

फक्सकन समूहको सहायक भारत एफआइएचले आईपीओ जारी गर्नका लागि आफ्नो कार्य विवरणपत्र सार्वजनिक गरेको छ । फक्सकन कम्पनीका सहायक कम्पनी वन्डरफूल स्टार्स र एफआईएच मोबाइल यसको प्रवद्र्धक रहेका छन् । यस आईपीओको प्रस्ताव यसको प्रवद्र्धक, वन्डरफूल स्टार्सले गरेको हो । वन्डरफुल स्टार्स र उसका साझेदारहरुको भारत एफआइएचमा शेयर स्वामित्व ९९.९७ प्रतिशत रहेको छ ।

भारत एफआईएच सन् २०१५ मा स्थापना भएको मोबाइल फोन निर्माता कम्पनी हो । भारत एफआइएच मोबाइल फोन उद्योगको क्षेत्रमा भारतको सबैभन्दा ठूलो विद्युतीय उत्पादन सामग्री प्रदायक हो । जसको आर्थिक वर्ष सन् २०२१ मा कुल फोन बजार आयको २३ प्रतिशत हिस्स समेटेको छ ।

यस कम्पनीले साओमी टेक्नोलोजीको मोबाइल फोनहरु उत्पादन तथा एसेम्बल गर्छ । मार्च २०२१ देखि, यस कम्पनीले मोबाइल फोनका अलावा मेकानिक्स, विद्युतीय सवारी साधन, टेलिभिजन लगायत अन्य सेवाहरू समेत विस्तार गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७८, बिहिबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।