लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६।७७ को नाफाबाट दोब्बर लाभांश वितरण गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको पुस ८ गते बिहीबार सम्पन्न ११४ औं बैठकले २० प्रतिशतका दरले बोनस र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश अघिल्लो आवको तुलनामा दोब्बर हो ।
अघिल्लो आव २०७५/७६ बाट कम्पनीले लगानीकर्तालाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीकाे चुक्ता पूँजी चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ छ । यसबाट कम्पनीले २० प्रतिशतका दरले हुन आउने ४४ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।
यो लाभांश वासलात मितिमा कायम पूँजीको हिसाबले भने २३.१५७९ प्रतिशत जसमध्ये २२ प्रतिशत बोनस र १.१५७९ प्रतिशत नगद हुने कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए ।
कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
यस्तो छ कम्पनीको लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2075/2076 | 10.00 | 0.53 | 10.53 |
| 2 | 2074/2075 | 34.46 | 35.53 | 70.00 |
| 3 | 2073/2074 | 12.00 | 0.63 | 12.63 |
| 4 | 2072/2073 | 24.80 | 1.30 | 26.10 |
| 5 | 2071/2072 | 25.00 | 1.32 | 26.32 |
| 6 | 2070/2071 | 30.00 | 30.00 | |
| 7 | 2069/2070 | 30.00 | 1.57 | 30.00 |
| 8 | 2068/2069 | 62.00 | 3.26 | 65.26 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया