चार कम्पनीको २ अर्ब ७ करोड हकप्रद सेयर निष्काशन हुँदै, कुनको कति ?

0
Shares

विभिन्न चार कम्पनीको २ अर्ब ७ करोड ६५ लाख ९१ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुने भएको छ । जसमध्ये दुई बीमा कम्पनी तथा एक।एक हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन् ।

शिखर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, अपि पावर कम्पनी र नेपाल फाइनान्स कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद स्वीकृतिको पर्खाइमा रहेका छन् ।

हकप्रद सेयर जारी गर्न बोर्डसँग शिखर इन्स्योरेन्सले २०७८ जेठ २५ गते, आइएमई जनरल इन्स्योरेन्सले भदौ १७ गते, अपि पावर कम्पनीले असोज २५ गते र नेपाल फाइनान्स कम्पनीले कार्तिक १ गते अनुमति माग्दै निवेदन पेश गरेका थिए । हाल यी चार वटै कम्पनीहरुको हकप्रद सेयर निष्काशनका लागि पाइपलाइनमा रहेका छन् ।

बोर्डका अनुसार शिखर इन्स्योरेन्स कम्पनीले १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै आइएमई जनरल इन्स्योरेन्सले १०ः४ को अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । आइएमई जनरलले हकप्रद सेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

यसैगरी अपि पावर कम्पनीले १ः०.३९३६ को अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल फाइनान्सले पनि १ः०.७ को अनुपातमा ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता सेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
ती कम्पनीहरुले धितोपत्र बोर्डबाट अनुमति पाएपछि कुल २ करोड ७ लाख ६५ हजार ९१६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० पुस २०७८, शनिबार  ०८ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।