नेप्सेमा बीमा कम्पनीको सेयर मूल्यमा बहार

0
Shares

अधिकांश बैंक तथा वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेपछि नेप्सेमा लगानीकर्ताको आकर्षण लाभांश प्रस्ताव गर्न बाँकी रहेकाे बीमा कम्पनीको सेयरमा पर्न थालेको छ ।

आइतबार साढे १२ बजेसम्ममा उच्च सेयरमूल्य वृद्धि हुने शीर्ष दश कम्पनीमा ९ बीमा कम्पनीहरु रहेका छन् । बीमा कम्पनीहरुले नै नेप्से सूचकलाईलाई डोर्याउन लागेका छन् ।

बीमा कम्पनीको सेयरमूल्यमा बहार छाउँदा नेप्से २.९२ प्रतिशत बढेर २५९३.९२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेर ४८४.४३ बिन्दुमा उक्लिएको छ ।

यस अवधिमा नेपाल लाइफ, गुराँस लाइफ, नेशनल लाइफ, जनरल इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु इन्स्योरेन्स, प्राइम लाइफ, युनाइटेड इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् ।

यस अवधिमा जीवन बीमाको इन्डेक्स पनि ९.०६ प्रतिशत बढेर १४ हजार ५२१ पुगेको भने निर्जीवन बीमाको इन्डेक्स ७.०८ प्रतिशत बढेर ११ हजार ८८७ बिन्दुमा पुगेको छ ।

हाल अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा भैसकेको छ । बीमा कम्पनीहरुको लाभांश भने अझै हुन बाँकी छ । यो कारणले पनि बीमा कम्पनीहरुको सेयर लगानीकर्ताको पहिलो रोजाइमा परेका हुन् ।

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये प्रिमियर इन्स्योरेन्सले लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गर्दा सानिमा जनरल इन्स्योरेन्सले लाभांश बिना नै पुस ३० गते साधारण सभा बोलाइसकेको छ ।

लाभांश घोषणा गर्न बाँकी १६ निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

S.N. Sector- Non Life Insurance Stock Symbol Bonus Cash Total
1 Premier Insurance   PIC 7.50 7.50 15.00
2 Sanima General Insurance Company  SGI 0.00 0.00 0.00
3 Shikhar Insurance   SICL      
4 Siddhartha Insurance  SIL      
5 Prabhu Insurance  PRIN      
6 Nepal Insurance  NICL      
7 Lumbini General Insurance LGIL      
8 Prudential Insurance   PICL      
9 Everest Insurance   EIC      
10 IME General Insurance  IGI      
11 Himalayan General Insurance HGI      
12 Ajod Insurance Company  AIL      
13 General Insurance Company Nepal  GIC      
14 NLG Insurance Company  NLG      
15 Neco Insurance   NIL      
16 Rastriya Beema Company  RBCL      
17 Sagarmatha Insurance   SIC      
18 United Insurance  (Nepal)  UIC      

 

अर्कोतफ सञ्चालित १९ जीवन बीमा कम्पनीहरुमध्ये १२ जीवन बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये अघिल्लो आव २०७६।७७ बाट एशियन लाइफ, एलआईसी, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, र रिलायन्स लाइफ गरी ६ जीवन बीमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेका छन् ।

S.N. Sector-Life Insurance Stock Symbol Bonus Cash Total
1 Asian Life Insurance   ALICL 25.00 2.00 27.00
2 Life Insurance  Nepal LICN 20.00 1.05 21.05
3 Prime Life Insurance Company  PLIC 15.00 0.87 15.87
4 Surya Life Insurance Company  SLICL 12.70 0.67 13.37
5 Jyoti Life Insurance Company  JLI 5.00 5.53 10.53
6 Reliance Life Insurance RLI 0.00 5.26 5.26
7 Gurans Life Insurance Company GLICL      
8 Sanima Life Insurance Company  SLI      
9 Union Life Insurance Company  ULI      
10 Nepal Life Insurance   NLIC      
11 National Life Insurance   NLICL      
12 Prabhu Life Insurance Company  PLI      

 

जसमध्ये प्राइम लाइफ, सूर्या लाइफ, र रिलायन्स लाइफले लाभांश वितरणको लागि बुकक्लोज गरिसकेको छन् । बाँकी ५ जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी छ ।

लाभांश घोषणा गरेकोमध्ये प्राइम लाइफले मंसिर १९ गते नै साधारण सभा सम्पन्न गरिसकेको छ भने रिलायन्स लाइफले आजै साधारण सभा सम्पन्न गर्दैछ । प्राइम लाइफले १५ प्रतिशत बोनस सहित १५.८७ प्रतिशत र रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्दैछ । गुराँस लाइफले आव २०७५।७६ को लाभांश मंसिर १० गते सम्पन्न साधारण सभाबाट अनुमोदन गराएको छ ।

जीवन बीमातर्फ अब सानिमा लाइफ, युनियन लाइफ, नेपला लाइफ, नेशनल लाइफ, र प्रभु लाइफ गरी ५ कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७८, आइतबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।