सुनको मूल्यमा सोमबार सामान्य वृद्धि, चाँदी तोलामा १० रुपैयाँले घट्यो

0
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९३ हजार १०० रुपैयाँ, तेजावी ९२ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाामा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्य बढेपनि चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । यस्तै आइतबार सुनचाँदीको मूल्य स्थीर रहेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०९ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.७१ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।