सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ सहित तीन पक्राउ

0
Shares

सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नवीन सुवेदी सहित ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 

बैंकको करिब १६ करोड रुपैयाँ रकम घोटाला (हिनामिना) गरेको आरोपमा प्रहरीले सीइओ सुवेदी सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सीइओ सुवेदी, बैंक वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरबाट रकम घोटाला भएको तथ्य बाहिरिएपछि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकमा परेको उजुरीका आधारमा उनीहरुलाई बैंककै कार्यालयबाट बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीहरु बैंकको रेमिट शाखामा रहेको १५ करोड ७० लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा झन्डै १६ करोड रुपैयाँ रकम घोटाला भएको थियो ।

बैंकबाट घोटाला भएको रकममध्ये अधिकांश रकम सीईओ सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ । ६ वर्षमा घोटाला भएको करिब १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकममध्ये १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको छ । सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खातामा १४ करोड रुपैयाँ ट्रान्सफर भएको देखिन्छ । यसले पनि सुवेदीको संलग्नतामै सो घोटाला प्रकरण घटेको देखिएको प्रहरी स्रोतको दाबी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ पुस २०७८, बिहिबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।