सुनको मूल्य बिहीबार ४ सय रुपैयाँले घट्यो, यस्तो छ बजार मूल्य

0
Shares

नेपाली बजारमा बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुन तोलामा ४०० र चाँदी १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापवाला सुनको भाउ तोलामा तोलामा ९२ हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०० डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.७० डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ पुस २०७८, बिहिबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।