नबिलले ४३ रुपैयाँमा एनबी बैंक किन्न गर्याे सम्झौतापत्रमा हस्ताक्षर

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२९पुष, २०७८, बिहीबार / Jan 13, 2022 19:32:pm

नबिल बैंकले प्रथिसेयर ४३ रुपैयाँमा नेपाल बंगलादेश बैंकलाई खरिद गर्ने सम्झौता गरेको छ । बिहीबार साँझ ६ बजे ललितपुर स्थित होटल भिभान्तामा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नबिल बैंकले बंलादेश बैंकलाई खरिद गर्दा बंगलादेश बैंकको १०० कित्ता सेयर भएका सेयरधनीले नबिल बैंकको ४३ कित्ता पाउने गरी सहमति भएको छ । एक्विजिसनपछि नबिल बैंकको नाममा नै एकीकृत कारोबार हुने भएको छ ।

नेपाल राष्ट्र बैंकको गाभ्ने गाभिने सम्बनधी विनियमावली अनुसार पनि डयू डिलिजेन्स गर्दा १० प्रतिशत तलमाथी हुँदा खासै फरक नपर्ने सहमतिपत्रमा उल्लेख छ । यसअनुसार सम्पत्ति र दायित्वको मूल्यांकन गर्दा केही तलमाथि भएपनि उही स्वाप अनुपात कायम हुनेछ ।
बंगलादेशी बैंक आइएफएआइसीको नेपाल बंगलादेश बैंकमा रहेको ४२ प्रतिशत सेयर नबिल बैंकका लगानीकर्ता तथा व्यवसायी विनोद चौधरीले किनेपछि खरिद प्रक्रिया औपचारीक रुपमा अघि बढेको थियो ।

चौधरीले आइएफआइसीको वंगलादेश बैंकमा रहेको सेयर खरिद गर्ने प्रक्रिया पुरा गरेसंगै केही दिन अघि मात्र संयुक्त मर्जर कमिटि गठन गरिएको थियो । मर्जर समितिको बुधबारको बैंठकले १०० बरावर ४३ को स्वाप अनुपात तय गरेपछि बिहीबार औपचारीक सम्झौता भएको हो ।

तर, काठमाडौ जिल्ला अदालतले बुधबार नै आइएफआइसीलाई तत्काल सेयर खरिद बिक्री प्रक्रिया रोक्नु भनेर आन्तरिक आदेश दिएको छ । अदालतले एक साताको समय दिँदै विपक्षीलाई लिखित जवाफ समेत मागेको छ । आइएफआइसीले आफुसँग सहमति गरेर चौधरीलाई सेयर बिक्री गरेको भन्दै मोतिलाल दुगड अदालसम्म पुगेका थिए ।

अदालतले पनि निवेदकले आइएफआइसीसंग नेपाल बंगलादेश बैंकको सेयर खरिदका लागि भएको सहमति समेत पेस गरेको भन्दै चौधरीलाई बिक्री किन गरेको भन्दै कारण माग गरेको हो । यस दौरान नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्ष पशुपति मुरारका, र शंकर ग्रुपका शाहिल अग्रवाल समेत दुगडको समुहबाट बंगलादेश बैंकको सेयर खरिद गर्न तयार भएका थिए ।

नबिल बैंकले एनबी बैंकलाई किन्न केही बेरमा सम्झौता गर्दै, स्वाप रेसियो १००:४३

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।




Share on:


Comments