आरम्भ चौतारी र विन लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।

स्टकका अनुसार आरम्भ चौतारीले प्राप्ती गरेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर पश्चात कायम हुन आएको सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.८४ को अनुपातमा प्राप्ति गरेको थियो । सोही अनुसार कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ दरको २ लाख १ हजार ६ सय कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

यस्तै मर्जरमा गएका नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभ्ने ।गाभिने कार्य सम्पन्न भई कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रूपैयाँ दरको ७ लाख २४ हजार ४६३ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो । दुई लघुवित्तबीच १ः०.७५ को अनुपातमा मर्जर सम्पन्न भएको हो ।

आज सूचीकृत भएको मर्जर पश्चात कायम विन लघुवित्त (साविक नेपाल सेवा लघुवित्त) को सेयर सूचीकृत भएसँगै रोक्का रहेको सेयर कारोबार समेत माघ ४ गते मंगलबारबाट फुकुवा भएको छ । देउराली लघुवित्ततफृको सेयर आरम्भ चौतारी लघुवित्तको नाममा अभिलेख भई सूचीकृत भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।