ग्रीन भेन्चर्सको आईपीओमा ८६ प्रतिशत बढीको हात खाली हुने

-नोटबजार संवाददाता।
काठमाण्डौं ।
१३चैत्र, २०७८, आईतवार / Mar 27, 2022 14:25:pm

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा ८६ प्रतिशत बढीको हात खाली हुने प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन शुक्रबारसम्ममा २१ लाख ५७ हजार ५३१ वटा आवेदन परेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले वितरण हुनेछ । यसअनुसार कम्पनीमा आवेदन दिएका १८ लाख ७० हजार ६० जनाको हात खाली हुने भएको छ । जुन कुल आवेकदकको ८६.६८ प्रतिशत हो ।

कम्पनीको आईपीओमा सर्वसाधारणबाट माग भएको सेयरको ९.०३ गुणा बढी अर्थात २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता सेयर माग भएको छ । जबकि सर्वसाधारणबाट २८ लाख ७५ हजार कित्ताका लागि आवेदन खुला गरिएको थियो ।

कम्पनीले चैत ८ गते मंगलबारदेखि १२ गते शुक्रबारसम्म कुल ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता सेयर जारी गरेको हने । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments