ग्रीन भेञ्चर्सको आईपीओ काराेबार अधिकतम २७५ रुपैयाँसम्म खुल्नसक्ने
ग्रीन भेञ्चर्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ले पहिलो कारोबारका लागि अधिकतम २७५ रुपैयाँसम्मको कारोबार रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरण र नेप्सेले पहिलो कारोबारका लागि तोक्ने गरेको अधिकतम कारोबार रेञ्जलाई आधार मान्दा यस्तो देखिएको हो ।
कम्पनीको आव २०७७/७८ को वास्तविका प्रतिसेयर नेटवर्थ ९१.८६ रुपैयाँ रहेको छ ।
नेप्सेले दोस्रो बजारमा कारोबार सुरु हुने हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्ने गरेको छ । यसअनुसार ग्रीन भेञ्चरको आइपीओले पहिलो कारोबारको लागि न्यूनतम ९१.०६ देखि २७५.०४ रुपैयाँसम्मको ओपन रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको धितोपत्र हाल नेप्सेमा सूचीकरण कै प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकहरुले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म कुल ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १ लाख ५६ हजार २५० कित्ता कर्मचारीका लागि तथा ९३ हजार ७५० कित्ता कर्मचारीको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।
आईपीओ खरीदका लागि कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ । योग्य २१ लाख ६ हजार ५१६ आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट बाँडफाँटमा सहभागी गराइएको थियो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
सम्बन्धीत थप समाचारहरू:-
१.ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा ८६ प्रतिशत आवेदकको हात खाली
२. ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड नतिजा कसरी हेर्ने ?
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।