सीवाइसी लघुवित्तको आईपीओ बाँडफाँड, ३६ हजार ९४८ ले पाउँदा भाग्यशाली ८ जनाले पाए ११ कित्ता

0
Shares

सीवाइसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ बिहीबार बिहान ९ बजे ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले आईपीओ प्राप्त गरेका छन् । यसरी बाँडफाँड गरेर बाँकी रहेको ८ कित्ता सेयर गोलाप्राथबाट सेयर पाउने ३६ हजार ९४८ जनामध्ये ८ जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।  जसअनुसार भाग्यमानी ३६ हजार ९४० जनाले १० कित्ताका दरले र ८ जना आवेदकले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणको लागि बाँडफाँड गरेको हो ।

लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख २ हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ ।

त्यस अनुसार २२ लाख ५ हजार ६३३ जनाको आवेदनबाट २ अर्ब ४५ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख २० हजार १४० कित्ताको माग भएको थियो । जुन सर्वासधारणबाट माग भएको कित्ताको ६६.३६ गुणा बढी हो । रद्द भएको ३ हजार २७२ जनाको आवेदनबाट ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ३६ हजार ४९० कित्ताको माग रद्द भएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।