एभरेष्ट-हिमालयन इन्स्योरेन्सको मर्जरलाई सैद्धान्तिक सहमति

0
Shares

एभरेष्ट र हिमालयन इन्योरेन्सबीच भएको मर्जर सम्झौतालाई बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृति (एलओआई) प्रदान गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिबाट जारी बीमक गाभ्ने।गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा निर्देशिका, २०७६ को दफा ६ बमोजिम दुई बीमकहरुलाई एक आपसमा गाभ्न/गाभिन शुक्रबार सैद्धान्तिक सहमति प्रदान गरिएको जानकारी दिए ।

निर्देशक पौडेलले सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्ककर्ताको नियुक्ती गरी समितिलाई विवरण पेश गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

बैंकिङ्ग क्षेत्रमा पनि हाइसेफ फाइनान्सलाई लक्ष्मी बैंकसँग मर्जर गरेको खेतान समुहले बीमा क्षेत्रमा पनि इतिहास रच्दै पहिलो मर्जरको प्रकृया अगाडि बढाएको हाे ।

बीमा समतिले निर्जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएपछि हिजो बिहीबार मात्रै दुई कम्पनीहरुले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । चालु आवभित्रै मर्जर सम्पन्न गर्ने दुबै कम्पनीबीच सहमति भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।