अपि पावर कम्पनी लिमिटेडको ४ लाख ५२ हजार १८५ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रीमा आउने भएको छ ।
कम्पनीले निष्काशन गरेको १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता (३९.३६ प्रतिशत) को अनुपातमा सो संख्यामा हकप्रदमा विद्यमान सेयरधनीबाट आवेदन नपरेपछि अन्य लगानीकर्ताका लागि खुला हुनेछ ।
कम्पनीले गत चैत २५ गतेदेखि बैशाख १५ गते बैंकिङ समयसम्म१ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।
सोमध्ये रितिपुर्वक आवेदन दिने १ लाख १३ हजार १५३ जना सेयरधनीलाई १ करोड ४ लाख ८ हजार ८१५ कित्ता सेयर बाँडफाँड गरिएको हो ।
निष्काशनकर्ता कम्पनीको जेठ ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त हकप्रद बाँडफाँड गरेको हो ।
उक्त हकप्रदमा चैत १३ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने व्यवस्था थियाे ।
कम्पनीले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया निर्माणमा लगानी गर्नका लागि सेयरधनीहरुबाट पूँजी जुटाउन हकप्रद सयर जारी गरेको हो । हाल २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ ।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बीप्लस आईएस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाका लागि वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया