सातामा नेप्से ५२ अंकले घट्यो, बजार पुँजीकरणमा ७२ अर्ब क्षति

0
Shares

सेयर बजार यो साता ५२ अंक घटेर १९७० दशमलव ६२ बिन्दुमा झरेको छ ।

आइतबार २०२२.६२ बिन्दुमा कारोबार खुलेको नेप्से २.५७ प्रतिशत घटेर १९७०.६२ अंकमा झरेको हो । यस साता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ८.५४ अंक घटेर ३८३.२० अंकमा आइपुगेको छ ।

साताका कारोबार भएका ६ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घट्यो भने दुई दिन सोमबार र मंगलबार मात्रै बजार बढेको थियो । बजार घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पुँजीकरण ७१ अर्ब ६२ करोड रुपैयाँले घटेर २८ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो साता २८ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँ कुल बजार पुँजीकरण थियो ।

तेह्र वटै उपसमुहगत सूचक ओरालो लागेको यस साताको बजारमा जलविद्युत सर्वाधिक ५.४८ प्रतिशत घटेर २२५४.५५ बिन्दुमा झरेको छ । यस्तै लगानी ४.०९, फाइनान्स ३.९५, लघुवित्त ३.६०, विकास बैंक ३.५७ र ब्यापार ३.२२ प्रतिशत घटेको छ । सबैभन्दा कम अन्यको ०.२९ प्रतिशत घटेर १४७१.८२ बिन्दुमा झरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।