सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
पाँच वटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते सोमबार बुकक्लोज गर्दैछन् । यसअनुसार आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र सम्बन्धीत कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई ५.७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश वितरण गर्न बैंकले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा बोलाएको छ ।
यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुले २० प्रतितशत बोनस प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे साधारण सभा आह्वान गरेको छ ।
यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १३१ प्रतिशत .नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते धुनषामा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
गत आवबाट प्रोगेशिभ फाइनान्सले सेयरधनीहरुले ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा बोलाएको छ ।
कालिका पावर कम्पनीले गत आवबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर-१० चितवनमा साधारण सभा डाकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया