एलआइसी इन्डियाले आईपीओ जारी गर्न मूल्याङ्कनको कार्य अगाडि बढाउँदै

0
Shares

भारत सरकारको पूर्ण स्वामित्वमा रहेको भारतीय जीवन बीमा निगम (लाईफ इन्स्यारेन्स कर्पोरेशन इन्डिया) ले सेयर जारी गर्नका लागि मूल्याङ्कनको कार्य अगाडि बढाएको छ ।

सन् २०२१ को चौथो त्रैमास सम्ममा जारी हुने बताइएको एलआईसी इन्डियाको आईपीओ मूल्याङ्कनको काम समयमा नहुँदा रोकिएको थियो ।

विज्ञहरुले सेयर मूल्याङ्कनलाई लिएर निकै भारी मूल्य अनुमान गरेता पनि भारत सरकारले कन्जरभेटिभ मूल्याङ्कन गर्ने भएको छ ।

सर्वाधिक मूल्याङ्कन हुने बताइएको एलआईसीको कन्जरभेटिभ मूल्याङ्कन हुँदा रिलायन्स र टाटा कन्सलटेन्सी सर्भिसेस भन्दा एलआइसीको कम हुने बताइएको छ ।

रिलायन्सको बजार पूँजीकरण १६ लाख करोड भारु रहेको छ भने टाटा कन्सलटेन्सीको १३.८ लाख करोड रहेको छ । यी दुई कम्पनीलाई पछ्याउँदै एलआईसी तेस्रो स्थानमा आउने अनुमान विज्ञहरुले गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ पुस २०७८, सोमबार  १७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।