.jpg)
नेपाल एसबिआई बैंकको २८ औं वार्षिक साधारण सभा लाभांश अनुमोदन तथा मर्जरका लागि सञ्चालक समितिलाई उपयुक्त पार्टनर खोज्न आवश्यक कार्य गर्ने अख्तियारी दिँदै मंगलबार सम्पन्न भएको छ ।
पुस २० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्ता पूँजीमा ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश गरी कुल ५.३१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
आज सम्पन्न २८ औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको बैंकको प्रमुख सूचना अधिकारी बिनोद ढुङ्गेलले जानकारी दिए ।
यस्तै सभाले आ.व. २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०७८/७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया